सह–चालकले धकेल्दा एक वृद्धाको बसले किचेर मृत्यु
खोटाङ । खोटाङमा आत्रुवाहक बसले किच्दा एक जनाको मृत्यु भएको छ । खोटाङको दिपु्रङ चुईचुईचुम्मा गाउँपालिकामा यात्रुवाहक बसले किच्दा एक बृद्दाको मृत्यु भएको हो ।
सो गाउँपालिकाको पञ्चमीबजारबाट गाईघाटका लागि छुटेको ना ५ ख ९०२२ नम्बरको बसले किच्दा गाउँपालिकाको–३ छोरम्बुकी ७२ वर्षीया चन्द्रकुमारी राई मगरको मृत्यु भएको हो ।
गाईघाट जाने बुहारी र दुई नातिनीलाई बस चढाउन गएको अवस्थामा वृद्दालाई सोमबार बिहान ७ बजे छोरम्बुको रोभोलुङमा बसले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसभित्रै चढेर आफन्तलाई सिटमा राखेपछि ओर्लने क्रममा सह–चालकले ‘छिटो झर्न’ भन्दै ठेलेपछि वृद्दा कुनापट्टिको लिकमा पर्दा बसले किचेको जनाइएको छ ।
साँघुरो ठाउँमा धकेलिएर भुईमा झरे पनि वृद्दा चिप्लिएर लिकमा पर्दा छाती र पेट तेर्सो पांग्राले पेलेको स्थानीयले बताएका छन् ।
घटना लगत्तै बस, बसका चालक दलबहादुर पौडेल र सह–चालक अमृत कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










