हत्या अभियोगमा सात जना पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले हत्या अभियोगमा सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक प्रवीणको हत्या गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा प्रवीणका एक साथीसमेत रहेका छन् ।
प्रहरीका अनुसार नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई काठमाडौंको चाागुनारायणबाट पक्राउ परेपछि घटनाबारे खुलेको हो ।
माघ २ गते बिहान साढे ९ बजे प्रवीणको शव नेपालगन्ज–१८ सुर्जीगाउँमा फेला परेको थियो ।
लागूपदार्थ सेवन गर्ने युवाहरुले हेलमेट विवादमा चिर्पट प्रहार गरी प्रवीणको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
लागूऔषध प्रयोगकर्ताबारे सूचना लिन मृतक साथी दिनेशकुमार कुर्मीसँग घटनास्थलमा पुगेका थिए ।
प्रहरीले उनीहरुलाई काठमाडौं नेपालगन्ज, कैलाली, धनगढीबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार नेपालगन्ज १८ वर्षीय विवेक परियारलाई माग १५ गते काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले अरुलाई पक्राउ गरेको थियो ।
सहायक सूचक थापा मगरको हत्या घटनामा संलग्नताको आशंकामा पक्राउ परेका नेपालगन्ज ६ का १८ वर्षीय परियारलाई माघ १५ गते काठमाडौंबाट नेपालगन्ज ल्याइएको थियो ।
सीआईबीको टोलीले उनलाई काठमाडौंको चाँगुनारायणबाट पक्राउ गरेको हो ।
सीआईबीको टोली हत्या घटनाको अनुसन्धानका लागि नेपालगन्ज आएको थियो । घटनास्थलमा भेटिएको चप्पललगायत प्रमाणका आधारमा सीआईबीको टोलीले अनुसन्धान गर्दा परियार पक्राउ गरेका हुन् ।
सूचक मगरको टाउकोको प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।










