स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते
स्याङ्जा । स्याङ्जामा टिपर र बस एक–आपसमा ठोक्किदा ४ जना घाइते भएका छन् । स्याङजाको फेदिखोला गाउँपालिका–२ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका हुन् ।
स्याङ्जाको पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्बरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्बरको बस एक आपसमा ठोक्किदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
प्रहरीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाइते भएका छन् भने टिपर चालक पनि घाईते भएका छन् ।
घाइते हुनेमा पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने बर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने बर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ । टिपर चालकको भने बायाँ खुट्टामा चोट लागेको प्रहरीको भनाई छ ।
घाइतेको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने टिपर चालकलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










