पदमपोखरीमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने

हेटौडा न्युज
२३ माघ २०७७, शुक्रबार १९:२७
;

मकवानपुर । सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई बर्ग) सोनाम ल्होछारको अवसरमा पदमपोखरीमा फागुन ३ गते साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

साँस्कृतिक कार्यक्रम मुल समारोह समितीको आयोजनामा हेटौँडा–१३, ठुलोथली, गुम्बाडाँडामा हुने साँस्कृतिक कार्यक्रमकोहुने आयोजकले जनाएको छ ।

साँस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुती रहने कार्यक्रमको संयोजक आइमान मोक्तानले बताए ।

कार्यक्रममा स्थानिय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।

कलाकारहरुमा विश्व दोङ, टिका भोम्जन, सुनिता रुम्बा, सुशिल थिङ र कोरियोग्राफर मेगना मगर लगायतको प्रस्तुति रहने मोक्तानले बताए ।

तामाङ संस्कृतिलाई जोगाउन प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरिएको लामाले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले रहने भएका छन् ।

कार्यक्रम दिउँसो २ बजे सुरु भएर बेलुका १० बजेसम्म रहने कार्यक्रम संयोजक मोक्तानले बताए । उनले प्रहरी र कार्यक्रम मुल समारोह समिती मिलेर सुरक्षा ब्यवस्था राम्रो बनाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*