ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ३३ घाइते

हेटौडा न्युज
२४ माघ २०७७, शनिबार ११:४४
;

सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती जन्ती बोकेको ना ५ त ५३५६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो भने ३३ जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका–२ बखफरबाट मरीण गाउँपालिका–२ रातमाटेतर्फ जन्ती लिएर आउँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ट्रयाक्टरमा सवार ३४ मध्ये २३ जना सामान्य, ७ जना मध्यम ४ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनाका घाइते मरिण गाउँपालिका–२ का २५ वर्षीय प्रताप लोको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, अरू १८ जनालाई पनि एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*