भारत उत्तराखण्डमा हिमताल विष्फोट

हेटौडा न्युज
२५ माघ २०७७, आईतवार १५:३८
;

भारतको उत्तराखण्डमा हिमताल विष्फोट हुँदा रिषीगंगा हाइड्रोपावरमा काम गर्ने १ सय ५० मजदूर वेपत्ता भएका छन् । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल (बारिएर बसेको हिमनदी) नदी तटमा रहेको रिषीगंगा हाइड्रोपावरमा काम गर्ने १ सय ५० मजदूर वेपत्ता हुनुका साथै हाइड्रोपावरमा निकै ठूलो क्षति भएको अनुमान गरिएको छ ।

हिमताल फुटेलगत्तै नदी तटीय क्षेत्रमा जोखिम बढेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिदेव सिंह रावत घटनास्थलतर्फ जाँदै गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मुख्यमन्त्री सिंहले उद्दारका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी विभाग र विपत व्यवथापन कार्यालहरुलाई तत्काल खट्न आदेश दिइएको बताइएको छ ।

घटनाको अन्य विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*