बकैयालाई बालमैत्री घोषणा गर्न जिससको अनुमति

हेटौडा न्युज
२६ माघ २०७७, सोमबार ११:३४
;

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणाका लागि अनुमति दिएको छ । आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको स्थानीय तह समन्वय बैठकले बालमैत्री स्थानिय तह घोषणका लागि औपचारीक रुपमा अनुमति प्रदान गरेको हो ।

जिसस प्रमुख खुलालले गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखेलगायत टोलीलाई बालमैत्री घोषणाको लागि योग्य भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

गाउँपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ बमोजिमका सुचकहरुमा घोषणा योग्य उपलब्धी हासिल गरि बालमैत्री स्थानीय तह कार्यविधि २०७० बमोजिमको प्रकृयाहरु पुरा गरेको अनुगमनबाट पुष्टि भएकोकाले बालमैत्री गाउँपालिका घोषणका लागि अनुमति प्रदान गरिएको जिसस प्रमुख खुलालले बताए ।

बकैया गाउँपालिकाले आगामी माघ २९ गते बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी थालेको छ ।

बकैया देशमा दोस्रो बालमैत्री अवलम्बन गर्ने स्थानीय तह घोषणाको अनुमति प्रदान गरिएको हो ।

त्यस्तै बैठकले जिल्ला समन्वय समितिको आयोजनामा जिल्ला स्तरीय स्थानीयतह फुटबल प्रतियोगिता सञ्चालन गर्ने र त्यसमा सबै स्थानीय तहको सहभागिता रहने निर्णय गरेको छ ।

जिल्ला समन्वय समितिले जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा आगामी चैत्र महिनामा स्थानीय तह स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले जिससले नियमित रुपमा प्रकासन गर्दै आएको मकवानपुर नामक पुस्तक प्रकासनका लागि स्थानीय तहबाट विवरणसहितको सफलताका कथाहरु समावेस गर्ने हुँदा त्यसको विवरण उपलब्ध गराउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।

त्यस्तै बैठकले जिल्ला फुटबल संघले आयोजना गर्ने राष्ट्रिय फुटबल प्रतियोगिता ९गोल्डकप० मा जिल्लाका १० वटै स्थानीय तहले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले फुटबल संघले आयोजना गर्ने सहिद स्मृति स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगितामा सहयोग गर्ने निर्णय गरेको हो ।

गोल्डकप सञ्चालनका लागि यसअघि नै जिल्लाका गाउँपालिकाहरुले ५ लाखका दरले र नगरपालिकाले १० लाख तथा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भए अनुसार रकम उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*