विद्यालयमै ४ वर्षीया बालिका बलात्कृत
गोरखा । ४ वर्षीया बालिका बलात्कारको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । एक कक्षामा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखाको एक विद्यालयको शौचालयमा बालिका माथि बलातकार भएको प्रहरीले जनाएको छ । गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
किशोरलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्हरीले जनाएको छ ।
माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।
गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।










