१६ वर्षपछि पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त पक्राउ
काठमाडौं। १६ वर्षपछि पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन् ।
जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।
बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए ।
थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
दैलेख बजारको खानेपानी समस्या समाधानको लागि वार्ताटोलीको नेत्रित्व गर्दै वार्तागर्न गएका डेकेन्द्र थापाको तत्कालीन द्वान्दरत पक्षबाट २०६१ साल श्रावण महिनाको २७ गते जिल्ला दैलेख साबिक द्वारी गा.बि.स. वडा न.१ हाल नौमुले गाउँपालिका वडा न.३ मा हत्या गरेको थियो ।










