मनहरीबाट २ जना फरार प्रतिवादी पक्राउ

हेटौडा न्युज
२६ माघ २०७७, सोमबार १७:२३
;

मकवानपुर । वन मुद्दामा कैद सजाय भुत्तान गर्न बाँकी रहेका मकवानपुरका एक जनालाई प्रहरीले पकउ गरेको छ । जिल्ला अदालत मकवानपुरको गत २०७० साल जेठ १९ गतेको फैसलाले वन मुद्दामा १६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका मकवानपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका–६ बस्ने ३४ वर्षीयको सञ्चलाल घलान रहेका छन् ।

उनलाई सोमबार मनहरी गाउँपालिका–६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका घलानलाई कैद भुक्तानको लागि अदालतमा उपस्थित गराउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्ररही नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

त्यस्तै बैङ्किङ कसुर मुद्दामा चार लाख अठार हजार दुई सय पचास रुपैया भुक्तान गर्न बाँकी रहेका फरार एक प्रतिवादीलाई समेत पक्राउ गरिएको छ । जिल्ला अदालत मकवानपुरको गत २०७६ साल माघ २५ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा चार लाख अठार हजार दुई सय पचास रुपैया जरीवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर मनहरीका बिनोद प्रजालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रजालाई मनहरी गाउँपालिका–७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरी–६ बस्ने बर्ष ३५ का प्रजालाई हिजो २५ गते आइतबार पक्राउ गरी जरीवाना भुक्तानको लागि अदालत उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*