भीमफेदीमा एक वृद्धाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा एक वृद्धाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ बस्ने एक वृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७५ बर्षीया खड्गकुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
बाख्रा चराउन भनेर गएकी खड्का साँझसम्म पनि घर नफर्केपछि उनको परिवारले खोजतलास गर्दा नजिकैको भीरमा मृत अवस्थामा शव फेला पारेको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि भीमफेदी स्वास्थ्य उपचार केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ ।










