फरार प्रतिवादी मनहरीका उप्रेती पक्राउ
मकवानपुर । लागुऔषध गाँजा चरेस मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका एक जनालाई प्हरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरको २०६८ माघ ३० गतेको फैसाला अनुसार लागुऔषध गाँजा चरेस मुद्दामा कैद सजाय र जरिवान भुक्तान गर्न बाँकी रहेका फरार प्रतिबादी मनहरीका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–९ बस्ने ५१ वर्षीय दिनेश उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
उक्त मुद्दामा उप्रेतीले ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मुक्तान गर्न बाँकी रहेको प्रहरीले पक्राउ गरेको छ ।
प्रवक्ता रानाका अनुसार, उप्रेती मनहरी गाउँपालिका–९ ज्यामिरेबाट हिजो मंगलबार पक्राउ परेका हुन् ।
पक्राउ परेका उनलाई कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।










