हेटौंडाका होटलहरुको स्तर सुध्रिएन

हेटौडा न्युज
२८ माघ २०७७, बुधबार १८:१५
;

मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हेटौंडाका विभिन्न ९ वटा होटलहरुको अनुगमन गरेको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रका खाना तथा खाजा व्यवस्था गर्ने ९ वटा होटलहरुको अनुगमन गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेका खाना, खाजा तथा बासको व्यवस्था गर्ने होटलहरुको अनुगमन गरेको हो ।

९ वटा होटलमा गरिएको अनुगमनमा १ वटा होटलले पहेलो कार्ड पाएको छ भने १ वटा होटलले २ स्टार सहितको हरियो कार्ड पाएको छ ।

मापदण्ड भित्र परेका तर सामान्य सेवा सुविधामा चलेका होटललाई कार्यालयले पहेलो कार्ड वितरण गर्ने गरेको र उक्त कार्ड प्राप्त गर्ने होटलहरुले सेवा तथा सुविधाहरुमा उल्येख्य सुधार गर्नु पर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए ।

त्यस्तै अनुगमनका क्रममा ६ वटा होटलहरुको सेवा सुविधा सन्तोषजनक पाइएको र उनिहरुलाई १ स्टारसहितको हरियो कार्ड वितरण गरेको छ भने १ वटा होटललाई सुधार गर्नुपर्ने भएकाले कुनैपनि कार्ड दिइएको छैन ।

अनुगमान गरिएका सबै होटलहरुलाई सेवा सुविधामा थप सुधार गर्न निर्देशन समेत दिइएको छ ।

खाद्य कार्यालयको नेतृत्वमा नियमित रुपमा होटलहरुको अनुगमन भएतापनि उल्येख्य प्रगति नदेखिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*