मकवानपुर प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अदालतबाट कैद सजाय सुनाईएका तर फरार रहेकालाई पक्राउ गरेको छ । प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षीय विकास मानन्धरलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत मकवानपुरले २०७२ साल माघ २८ गते लागुऔषध तथा अन्य मुद्दामा २ वर्ष कैद र १ लाख रुपैया जरिवानाको फैसला गरेको थियो ।
अदालतले सो फैसला गरेतापनि कैद भुक्तान नगरेपछि प्रहरीले मानन्धरलाई फरारको सूचीमा राखेको थियो । फरार प्रतिवादी मानन्धरलाई आज माघ २९ गते पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जनाएका छन् ।










