पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो साधारण सभा हेटौँडामा सम्पन्न

हेटौडा न्युज
३० माघ २०७७, शुक्रबार १७:२५
;

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभा हेटौंडामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा महासंघका बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा प्रदेशको दोस्रो बार्षिक साधारण सभा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष आचार्यले महासंघको नेतृत्वमा समय दिन सक्ने र महासंघको गरिमा बुझेको व्यक्तिलाई चयन गर्न आग्रह गरेका थिए । महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदनकुमार भुजेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटालगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

आज सम्पन्न कार्यक्रममा सञ्चार रजिष्ट्रार कार्यालयले प्रदेश भित्रका १० वटा जिल्ला महासंघलाई समाचार संकलनका लागि अत्यावश्यक सामग्रीसहितको आपतकालीन झोला प्रदान गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगरको प्रतिवेदन र कोषाध्यक्ष सीताराम अधिकारीले आर्थिक बर्ष २०७६।७७को आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*