सामरीबाट नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

हेटौडा न्युज
३ फाल्गुन २०७७, सोमबार १८:३०
;

मकवानपुर । प्रहरीले अवैध नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । मकवानपुरको सामरी खोला क्षेत्रमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले मकवानपुरगढी गाउँपालिका–६ स्थित सामरी खोलामा हिजो बेलुकी ८ः२० बजेको समयमा अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा लोड गरेको ना ६ त ४६० नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

उक्त ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नियन्त्रणमा लिइएको उक्त ट्याक्टरलाई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुर पठाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*