कोरोना खोप भन्दै मिनरल वाटर बेच्ने पक्राऊ

चीनमा कोरोना खोप भन्दै स्लाईन पानी बेच्ने एक जनालाई पक्राऊ गरिएको छ । चीन प्रहरीले कोङ नाम गरेका व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । पक्राऊ परेकाले (कोभिड–१९) कोरोनाको भ्याक्सिन भन्दै मिनिरन वाटरलाई सुईमा हालेर बेचेका थिए ।
ती व्यक्तिले वास्तविक खोपको प्याकेज हेरेर त्यस्तै नक्कली डिजाईनको खोप तयार गरेका थिए । चीनमा नक्कली खोप बनाउने ७० जनालाई पक्राऊ गरिसकिएको छ ।
एजेन्सका अनुसार कोङसहितको समूहले मिनिरल वाटरलाई सुईमा हालेर कोभिड खोप भन्दै १ करोड ८० लाख युआन (२७ लाख ८० हजार डलर) नाफा कमाएको जनाईएको छ ।