चितवनमा एकसिङ्गे गैंडा मृत फेला पर्यो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारीमा एकसिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गतको अमलटारीको गिद्धेनी पोष्ट नजिकै आज मंगलबार गैंडा मृत फेला परेको हो । चितवान राष्ट्रिय निकुञ्जका प्रवक्ता लोकेन्द्र अधिकारीका अनुसार झण्डै ३० वर्ष नाघेको भाले गैंडा मृत भेटिएको जनाएका छन् ।
उनका अनुसार सो स्थानमा रहेको ढिस्को उक्लने क्रममा उक्लन नसकेर लड्दा मृत्यु भएको अनुमान गरिएको जनाएका छन् । गैंडाको खाग भने सुरक्षित रहेको बताईएको छ ।
आर्थिक बर्ष २०७७।७८ मा मात्रै २४ वटा गैंडा मरिसकेका छन् । नेपालमा ६ सय ४५ वटा एक सिङ्गे गैंडा रहेका छन् ।










