मकवानपुर प्रहरीद्वारा ३ जना फरार प्रतिवादी पक्राउ

हेटौडा न्युज
१९ फाल्गुन २०७७, बुधबार १५:३७
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चेक बाउन्स मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राऊ गरेको जनाएको छ । जिल्ला अदालत मकवानपुरको फैसलाले चेक अनादर मुद्दा (चेक बाउन्स मुद्दा) मा १ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा वडा नम्बर ३ बस्ने बर्ष २५ का आदर्श पुडासैनीलाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला अदालत धादिङको २०६१ जेष्ठ १८ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा ११ दिन कैद र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा ११ बस्ने बर्ष ४८ का विनोद बानियालाई पनि पक्राऊ गरी अदालतमा उपस्थित गराएको जनाएको छ ।

मकवानपुर प्रहरीले जिल्ला अदालत पर्साको २०६४ श्रावण २१ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका हेटौंडा १६ बस्ने बर्ष ४९ का दिलबहादुर कोईरालालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भईरहेको मकवानपुर प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*