अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्र्याक्टर ५ हजार जरिवाना पछि छुटे

हेटौडा न्युज
१९ फाल्गुन २०७७, बुधबार १५:५७
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले अबैध नदिजन्य पदार्थ उत्खनन्मा संलग्न २ वटा ट्र्याक्टर नियन्त्रणमा नियन्त्रणमा लिएकोमा नियमानुसार जरिवाना गरेर छोडेको जनाएको छ ।

प्रहरीका अनुसार गत १५ गते हेटौंडा ११ स्थित राप्ति खोला किनारबाट ना ५ त २४३९ नं. को ट्र्याक्टरले अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको थियो ।

त्यस्तै, गत १८ गते हेटौंडा १० स्थित सडक खण्डबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गरिरहेको अवस्थामा ना ३ त १३१५ नं. को ट्याक्टरलाई नियन्त्रणमा लिएकोमा आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएकोमा प्रत्येक ट्र्याक्टरलाई ५ हजार रुपैया जरिवाना भुक्तान गराई छाडिएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*