सिमेण्टखानीमा बाहिरी व्यक्ति हावी भन्दै ध्यानाकर्षण

हेटौडा न्युज
२० फाल्गुन २०७७, बिहीबार १८:०२
;

मकवानपुर । हेटौंडामा रहेको रिद्धिसिद्धि सिमेण्टले सञ्चालन गरेको खानीमा पालिका भन्दा बाहिरी व्यक्तिको हालीमुहाली भएको भन्दै स्थानीय यूवाहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् ।

सिमेण्ट उद्योगको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ गिङ्गुखानी सञ्चालनमा स्थानीयलाई रोजगारी दिने, व्यापारव्यवसाय प्रवद्र्धनमा सघाऊ पुर्याउने जस्ता उद्योगले प्रतिवद्धता गरेपनि सो नभएको भन्दै पालिका अध्यक्ष राजकुमार मल्ललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

पत्रमा खानीमा स्थानीय भन्दा बाहिरका व्यक्तिहरुले मात्रै प्रत्यक्ष लाभ लिएको उल्लेख गरिएको छ भने नियमानुसारको राजश्व पालिकामा दाखिला गरेनगरेको समेत हेर्न पालिकालाई आग्रह गरिएको छ ।

ध्यानाकर्षणपत्रः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*