हेटौंडामा ५० हजार घुससहित सबइञ्जिनियर पक्राउ

हेटौडा न्युज
२१ फाल्गुन २०७७, शुक्रबार १४:५०
;

मकवानपुर । हेटौंडा स्थित पर्यटन विकास आयोजनामा कार्यररत सब इञ्जिनियर नेत्र लामिछाने ५० हजार रुपैया घुससहित पक्राऊ परेका छन् । सबइञ्जिनियर लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

धादिङको खनियाँबासमा आर्थिक बर्ष २०७५।७६ को विकास आयोजनाका लागि उपभोक्ता समितिले राखेको धरौटी रकम फिर्ता लैजाने क्रममा उनले सो घुस रकम लिएका थिए ।

पक्राऊ परेका लामिछानेलाई थप अनुसन्धान तथा कार्वाहीका लागि काठमाडौं लैजाने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*