चोरीको मोटरसाईकलसहित १ जना पक्राउ

हेटौडा न्युज
२१ फाल्गुन २०७७, शुक्रबार १६:११
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले चोरीको मोटरसाईकलसहित संलग्न १ जनालाई पक्राऊ गरेको छ । गत फागुन १९ गते हेटौंडा वडा नम्बर ४ बाट श्रमिकपथ बस्ने वर्ष ५५ को पिथुलाल देउलाको घर अगाडी पार्किङ गरी राखेको ना.४ प ९२१० नम्बरको सुपर स्पेलेण्डर मोटरसाईकल हराएको थियो ।

सो मोटरसाईकल खोजतलासको क्रममा प्रहरीले हेटौंडा वडा नम्बर ८ कमानेबाट चोरीमा संलग्न वर्ष २९ का बिकु देउलालाई मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ ।

पक्राऊ परेका उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*