हेटौंडामा लोकसेवा दिन आएकाको हराएको बाईक भेटियो
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत फागुन २० गते हराएको मोटरसाईकल फेला पारेको छ । पाँचथर जिल्लाबाट हेटौंडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हेटौंडा ५ पिप्लेबाट को. ३० प १७९ नं. को मोटरसाईकल हराएको थियो ।
मकवानपुर प्रहरीले सो मोटरसाईकल हराएको भोलिपल्ट हेटौंडा १० भुटनदेवीमा फेला परी सम्बन्धित सवारी धनीलाई आज बुझाएको जनाएको छ । सो सम्बन्धि आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताएका छन् ।










