मकवानपुर प्रहरीद्वारा बाईक चोरी गर्ने १ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बाईक चोरी गर्ने १ जनालाई आज पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले हेटौंडा ११ का विजय लामालाई चोरीको बाईकसहित पक्राऊ गरेको जनाएको छ ।
प्रहरीका अनुसार ओखलढुङ्गा ठेगाना भएका हेटौडा ४ बस्ने प्रेमबहादुर तामाङको हेटौंडा १० बाट ना ३३ प ६२५८ नं. को चोरी भएको बाईकसहित उनलाई पक्राऊ गरेको जनाएको छ । पक्राऊ परेका लामा माथि थप अनुसन्धान भई रहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।










