मकवानपुरमा १० केजी गाँजासहित २ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० केजी लागूऔषध गाँजासहित २ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार हिजो फागुन ४ गते विहान प्रहरी चौकी चैनपुर राक्सिराङको प्रहरी टोलीले राक्सिराङ गाँउपालिका वडा नं. ५ चैनपुर स्थित खोलाको बगरबाट सो परिमाणको गाँजासहित पक्राऊ गरिएको जनाएका छन् ।
प्रहरीले राक्सिराङ गा.पा. वडा नं. ३ बस्ने बर्ष ६२ को जीतबहादुर मोक्तान र बर्ष २५ को सुपराज मोक्तानलाई पक्राऊ गरेको हो ।
उनीहरुले बोकी ल्याएको झोलामा चेकजाँच गर्दा लागूऔषध गाँजा फेला परेपछि पक्राऊ गरिएको प्रहरीले जनाएको छ । पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण २०३३ बमोजिम कार्वाही हुने बताईएको छ ।










