हेटौंडामा लागूऔषध विरुद्ध साँगितिक महोत्सव हुने

हेटौडा न्युज
१० चैत्र २०७७, मंगलवार १९:२७
;

मकवानपुर । आगामी चैत्र २४ गते देखि बैशाख १ गते सम्म हेटौंडामा ‘लागुऔषध विरुद्ध प्रथम साँगितिक महोत्सव–२०७७ हुने भएको छ । हेटौंडा लामसुरे हाईटमा महोत्सवको आयोजनाको तयारी सुरु गरिएको संयोजक सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसीले जानकारी दिएका छन् ।

आज हेटौंडामा गरिएको पत्रकार सम्मेलनमा हेटौंडा नम्बर ९ को कार्यलय र सिआन पुर्नस्थापना केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम आयोजना हुन लागेको बताईएको छ । लागूऔषध विरुद्ध समाजमा सचेतना फैल्याउले महोत्सवको उद्देश्य रहेको बताईएको छ ।

महोत्सवमा खाजा, खाना, कृषिका करीब २ सयबढी स्टलहरु रहने छन् महोत्सव अवधिभर स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । करीब २० लाख रुपैया खर्च अनुमान गरिएको महोत्सवमा प्रवेश शुल्क एक सय रुपँया र विद्यार्थीको लागि ५० रुपँया राखिएको छ । आयोजकका अनुसार महोत्सवबाट भएको आम्दानीले बाल उद्धान बनाउन खर्च गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*