नेपालगञ्जमा आजबाट लकडाउन घोषणा

हेटौडा न्युज
८ बैशाख २०७८, बुधबार १६:१३
;

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोरोना संक्रमणको जोखिम बढेका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको बताएको छ ।

प्रशासनले स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवा पूर्व निर्धारित परीक्षाहरु, हवाई सेवा र सार्वजनिक निर्माण कार्य भने सञ्चालन गर्न पाइने जनाइएको छ । बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७ सय भन्दा बढीमा सक्रिय संक्रमित देखिएको छ ।

जिल्ला प्रशासनबाट जारी विज्ञप्ति ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*