वीरगञ्जमा ८८ जनामा कोरोना, संक्रमितमा २ जना न्यायाधिश पनि
वीरगञ्ज । पर्साको वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश समेत रहेका छन् ।
उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । संक्रमितमध्ये २४ जना महिला छन् ।










