संघको विवाद कानून सम्मत समाधान गरिने–प्रजिअ पाण्डे
मकवानपुर । नारायाणी यातायात व्यवसायी संघको रुपान्तरित संस्था पुरानो नारायणी यातायात कम्पनी प्रा.लि.ले मकवानपुरमा सरुवा भई आएकबा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई आज स्वागत तथा सम्मान गरेको छ ।

संस्थाका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पाण्डेले आफूले संस्थाको सम्पत्तिको स्वामित्वका विषयमा केही विवाद रहेको र सो समाधानका लागि प्रजिअको रुपमा आफूले समाधानको कानूनसममत ढङ्गले प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रजिअ पाण्डेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतको शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिने समेत विश्वास व्यक्त गरेका छन् ।

स्वागत कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाले मजदूर विमा, यात्रु विमा, तेश्रो पक्ष विमाको शुरुवात गरेपछि मात्रै सरकारले यस सम्बन्धि नीति बनाएको र यातायातको क्षेत्रमा नीति निर्माण गर्दा संघलाई सम्झिने गरेको समेत अवगत गराएका थिए ।
महासचिव सरोजकुमार खनालले सञ्चालन गरेको स्वागत कार्यक्रममा निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईले समेत आफ्नो धारणा राखेका थिए । २०३६ सालमा दर्ता भई सञ्भालनमा रहेको संघ सरकारले २०७४ चैत्र १८ गतेबाट लागू गरेको यातायात निर्देशिका अनुसार कम्पनी ऐन अन्तर्गत सञ्चालनमा रहेको छ ।










