बागमती प्रदेशमा प्रहरी अभाव, दरबन्दीभन्दा ३ हजार जनशक्ति कमी

शुद्धिकरण अभियानपछि २८ जनालाई कार्वाही, ३० जना पुरस्कृत
हेटौडा न्युज
१० बैशाख २०७८, शुक्रबार १७:१५
;

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले प्रदेश प्रहरीले गरेका काम तथा कार्य सम्पादनपछिको सकारात्मक प्रभाव र चुनौतिका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । बागमती प्रदेशमा ७ हजार ९ सय ८० जनाको दरबन्दी भएपनि ५ हजार १ सय ७९ जना मात्रै प्रहरी जनशक्ति कार्यरत रहेको बताईएको छ । विश्वव्यापी मान्यता अनुसार १ जना प्रहरी बराबर ३ सय ७७ जना नागरिक हुनुपर्ने भएपनि बागमती प्रदेशमा ५ सय ८२ जना रहेको तथ्यांक रहेको छ ।

बागमती प्रदेश प्रहरीले प्रहरी आचरण शुद्धिकरण गराउने अभियान सञ्चालन गरिरहेको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका थिए । अभियानपछि प्रहरी आचरण विरुद्ध जाने २८ जना प्रहरी कर्मचारी कार्वाहीमा परेका छन् भने, ३० जनालाई पुरस्कृत गरिएको बताईएको छ । प्रदेश प्रहरीले विभिन्न बहानामा प्रहरीलाई घुस दिन खोज्ने १ हजार ८ सय ७० जनालाई पक्राऊ गरिएको छ, त्यस्तै प्रत्येक महिना १६ जना प्रहरीलाई उत्कृष्ट प्रहरी छनौट कार्यविधि अनुसार पुरस्कृत गरिदै आएको बताईएको छ ।

चालु आर्थिक वर्ष २०७७ वैशाखदेखि चैतसम्ममा बागमती प्रदेश प्रहरी कार्यालयले लागूऔषध मुद्दामा ४ सय ७ जनालाई पक्राऊ गरेको र प्रदेशमा यस अवधिमा १५ दशमलब शुन्य ७ प्रतिशतले लागूऔषध उत्पादनमा कमी आएको प्रहरी नायब महानिरीक्षक लामाले जानकारी दिएका छन् । बागमती प्रदेशमा ३ सय ३३ प्रहरी इकाई रहेकोमा १ सय ८८ इकाईको आफ्नो भवन नै नरहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*