हेटौंडामा आईतबारदेखि सवारीमा जोरबिजोर लागू हुने, जिल्लाका पिकनिक स्थल बन्द
मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कोरोना संक्रमण न्युनिकरण गर्न आईतबारबाट लागू हुने गरी विभिन्न निर्णय गरेको छ । हेटौंडामा आईतबारबाट निजी तथा सार्वजनिक सवारीहरुमा जोर विजोर प्रणाली लागू गरिने भएको छ । निर्णय अनुसार आईतबारदेखि जोर गतेका दिन जोर नम्बर भएका सवारी र विजोर गते भएको दिन विजोर नम्बरका सवारी मात्रै सञ्चालन गर्न पाईने छ ।
जिल्लामा कोरोना संक्रमण अत्यधिक बढेपछि आईतबारबाट बैशाख मसान्तसम्मका लागि मकवानपुरका सबै पर्यटकीय क्षेत्रका पार्क तथा पिकनिक स्थल समेत बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्णय:











