हेटौंडामा गाँजा र बन्यजन्तुको सिङसहित १ जना पक्राऊ

हेटौडा न्युज
१२ बैशाख २०७८, आईतवार १८:१४
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा २ केजी ४ सय ३५ ग्राम र दुर्लभ बन्यजन्तुको सिङ (अखेटोपार) २ थानसहित १ जनालाई पक्राऊ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी निरीक्षक सोरप छिरिङ तामाङको प्रहरी टोलीले हेटौंडा–९ बस्ने बर्ष २४ को सिद्धार्थ भण्डारीलाई पक्राऊ गरेको जनाएको छ । प्रहरीले भण्डारीको घर खानतलासी गर्दा सो परिमाणको लागूऔषध र अखेटोपार फेला पारेको जनाएको छ ।

पक्राऊ परेको भण्डारीको साथबाट नगद २६ हजार ३ सय ५० समेत फेला पारेको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*