हेटौंडामा ५५ बाईकसहित माक्स नलगाउने २३ जनालाई कार्वाही

हेटौडा न्युज
१३ बैशाख २०७८, सोमबार १२:३२
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले कोरोना रोकथामका लागि आजबाट कडाई गरेको छ । आज बिहानैदेखि मकवानपुर प्रहरी प्रमुख सोमेन्द्रसिंह राठौंरको प्रहरी टोलीले हेटौंडा बजारमा चेकजाँचलाई कडाई गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले हिजो आईतबारदेखि नै हेटौंडा बजारमा सवारी साधनमा जोरबिजोर प्रणाली र घर बाहिर निस्कनु परे अनिवार्य मास्कको प्रयोग गर्न भनेता पनि सर्वसाधारणले त्यसको उलङ्घन गरेको पाईएपछि प्रहरीले कडाई गर्न लागेको जनाएको छ ।

आज हेटौंडा बजारमा प्रहरीले गरेको चेकजाँचमा जोरबिजोर उलङ्घन गर्ने ५५ वटा बाईक, अटो ७, म्याजिक ५ र मयुरी १ वटालाई कार्वाही गरिएको जनाएको छ । प्रहरीले बजार क्षेत्रमा माक्स नलगाई हिड्ने २३ जनालाई प्रति व्यक्ति १ सय रुपैयाको दरले जरिवाना गर्दै माक्स वितरण गरिएको प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*