संक्रमितको संख्या ५ सय नाघेपछि चितवनमा भोलिबाट निषेधाज्ञा

हेटौडा न्युज
१५ बैशाख २०७८, बुधबार १५:३४
;

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि बिहीबारबाट निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डीसिसिएमसीले) को आजको बैठकले भोलि राति १२ बजेदेखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार जिल्लामा संक्रमितको संख्याको दर बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

सरकारले कोभिड १९ संकट व्यवस्थापन समिति (सिसीएमसी) को सिफारिसमा शहरी क्षेत्रमा ५ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगे स्थानीय प्रशासनले नै निषेधाज्ञा गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको छ । हिजोसम्म चितवन जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ५० भन्दा बढी पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*