कोरोनाबाट भारतमा एकैदिन ३६ सयको मृत्यु, करीब २ करोड संक्रमित

हेटौडा न्युज
१९ बैशाख २०७८, आईतवार १३:११
;

छिमेकी मुलुक भारतमा कोराना भाइरसबाट पछिल्लो २४ घण्टामा तीन हजार ६८९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
सरकारी तथ्यांक अनुसार आइतबार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

भारतमा कोरोना भाइरसबाट हालसम्म १ करोड ९५ लाख ५७ हजार ४ सय ५७ जना संक्रमित भईसकेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ लाख १५ हजार ५ सय ४२ पुगेको छ ।

एजेन्सीको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published.


*