मकवानपुरमा कोरोनाबाट २ को मृत्यु, हेटौंडा अस्पतालको ओपिडि सेवा बन्द

हेटौडा न्युज
२० बैशाख २०७८, सोमबार ०९:४०
;

मकवानपुर । मकवानपुरमा हिजो बेलुकी र अहिले बिहान गरी कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा कोरोनाको उपचार गराईरहेका हेटौंडा–१ का ५५ वर्षीय पुरुषको हिजो बेलुकी ९ बजे र आज थप बारा अम्लेखगञ्जका ४६ बर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढेपछि हेटौंडा अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द गरिने भएको छ । कोरोनाको लागि हाल २० बेडको वार्ड बनाईएपनि उपचारमा समस्या आएपछि इमर्जेन्सी बहेक ओपिडि सेवा बन्द गरेर कोरोना उपचारमा प्रयोग गरिने भएको छ ।
अस्पतालले इमर्जेन्सी सेवा, प्रसुती सेवा, ज्वरो क्लिनिक भने यथावत संचालन हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*