बागमती प्रदेशले स्वास्थ्यकर्मीलाई ४० लाख दिने

परीक्षण गराएका मध्ये ३७ प्रतिशतमा कोरोना
हेटौडा न्युज
२० बैशाख २०७८, सोमबार १५:१२
;

मकवानपुर । बागमती प्रदेश सरकारले कोरोनाको नियन्त्रण, रोकथाम वा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीसहित सबै कर्मचारीलाई खटाएको अवस्थामा कोरोनाको कारण मृत्यु भएमा प्रतिव्यक्ति ४० लाख रुपैया क्षतिपूर्ति दिने नीतिगत निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाईले स्वास्थ्यकर्मीहरुको उच्च मनोबलका लागि सो निर्णय गरिएको बताएका छन् ।

सामाजिक विकास मन्त्री सरस्वाती बस्नेत, राज्यमन्त्री डा. रामकुमार अधिकारीसहितको उपस्थितिमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले दिएका सुझाव र पारदर्शीतालार्ई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशमा निजी÷सरकारी गरी ४६ वटा पिसिआर ल्याब रहेको र बितेको २४ घण्टाको परीक्षण अनुसार कोरोना भाईरसको संक्रमण दर ३७.३६ प्रतिशत रहेको समेत जानकारी दिईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*