हेटौंडामा ८८ जनाको परीक्षण गर्दा ६३ जनामा कोरोना

२४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु, संक्रमण दर ७१ प्रतिशत
हेटौडा न्युज
२० बैशाख २०७८, सोमबार १६:३३
;

मकवानपुर । हेटौंडा अस्पताल र बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा गरिुएको कोरोना परीक्षणमा ६३ जनामा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार ३० जना महिला र ३३ जना पुरुष गरी ६३ जनामा कोरोना संक्रमण देखिएको जनाएका छन् ।

आजको परीक्षणमा हेटौंडा–५ का सबैभन्दा बढी २१ जनामा संक्रमण देखिएको छ । जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार परीक्षण गराएका मध्ये ७१ प्रतिशतमा पोजेटिभ देखिएको बताएका छन् । त्यस्तै गत २४ घण्टाको अवधिमा कोरोनाको उपचार गराईरहेका मध्ये रौतहट, बारा र हेटौंडाका ३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*