हेटौंडामा कोरोनाबाट थप १ को मृत्यु, ३ दिनमा ५ जनाको मृत्यु

आज थप ६५ जनामा कोरोना, ७ जना पत्रकारसमेत संक्रमित
हेटौडा न्युज
२१ बैशाख २०७८, मंगलवार १५:५३
;

मकवानपुर । मकवानपुरमा आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालको कोभिड इञ्चार्ज डा. सागर काफ्लेका अनुसार बारा अम्लेखगञ्जका ५९ बर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको बताएका छन् । योसँगै बितेको ३ दिनमा मकवानपुरमा ५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी आजै मकवानपुरमा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ९३ जनाको पिसिआर परीक्षणमा ५७ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८ जनामा गरी थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै थाहा नगरपालिकामा १ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । मकवानपुरमा पछिल्लो समय ७ जना पत्रकारहरु समेत कोरोना संक्रमित भएका छन् ।

यस अघि भूलबश संक्रमितको संख्या ७६ जना भएकोमा सच्याईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*