हेटौंडा औद्योगिक क्षेत्रको अक्सिजन संक्रमितलाई, चुरेहिल अब कोभिड अस्पताल

जिल्लाका सबै स्थानीय पालिकाको सवारी पास रद्ध
हेटौडा न्युज
२२ बैशाख २०७८, बुधबार १६:४१
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कोरोना संक्रमण रोकथामका लागि आज थप निर्णय गरेको छ । आज जारी निर्देशन अनुसार हेटौंडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरुले प्रयोग गर्ने सबै अक्सिजन कोरोना संक्रमितलाई प्रयोग गरिने भएको छ । उद्योग संघ मकवानपुरले औद्योगिक क्षेमा रहेका सबै अक्सिजन सिलिण्डर संकलन गर्ने भएको छ ।
त्यसैगरी पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढेर सरकारी अस्पतालले धान्न नसकेपछि तत्काल हेटौंडा–११ को चुरे हिल अस्पताललाई २५ शैयाको आईसियूसहितको कोभिड अस्पताल बनाईने प्रमुख जिल्ला अकिारी भरतमणी पाण्डेद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ । आजको निर्णयमा हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्वास्थ्य चौकीमा रहेका सबै स्वास्थ्यकर्मीलाई हेटौंडा अस्पतालमा काज खटाउने, निषेधाज्ञा प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय पालिकाको सवारी पास रद्ध गरिएको समेत उल्लेख गरिएको छ ।

निर्णय:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*