कोरोनाबाट बाँकेमा थप १० जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ सय २७ पुग्यो

हेटौडा न्युज
२३ बैशाख २०७८, बिहीबार १०:४५
;

मकवानपुर । देशको कोरोना संक्रमणको सबैभन्दा बढी प्रभावित क्षेत्र मध्ये बाँके जिल्लामा हिजो बुधबार राति र बिहीबार बिहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पतालका अनुसार जिल्लाको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुष, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुष, नेपालगञ्ज–१० की ७८ बर्षीया महिला, नेपालगञ्ज–१२ का ४५ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुष, नेपालगञ्ज–४ का ५५ वर्षीय पुरुष र भेरी नगरपालिका–४ जाजरकोटकी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

पछिल्लो समय बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हनेहरुको संख्या १ सय २७ जना पुगेको छ । सो जिल्लामा भारतबाट स्वदेश फर्किनेहरुको कारण पनि कोरोना संक्रमणको दर उच्च रहेको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*