थाहा नगरपालिकामा एम्बुलेन्सको विकल्प अटो (निर्णयसहित)

हेटौडा न्युज
२४ बैशाख २०७८, शुक्रबार १६:२३
;

मकवानपुर । जिल्लाको थाहा नगरपालिकाले हाल रहेको मौजूदा एम्बुलेन्सको विकल्पका रुपमा ३ पाङ्ग्रे अटोलाई आकस्मिक सेवामा प्रयोग गर्ने भएको छ ।
पछिल्लो समय पालिका क्षेत्रमासमेत कोरोना संक्रमणको दर उच्च भएपछि हालको एम्बुलेन्सले मात्रै विरामीको उद्धार गर्न कठिनाई हुने र धान्न नसक्ने आँकलन गर्दै पालिकाका सबै १२ वटै वडामा अटो रिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको हो ।
नगरपालिका क्षेत्रमा अत्यावश्यक परेमा एम्बुलेन्सको विकल्पका रुपमा अटोलाई परिचालन गर्ने र यसका लागि सबै वडामा एक/एक वटा अटो रिक्साको विवरण पनि सार्वजनिक गरेको छ ।
एम्बुलेन्सको विकल्पका रुपमा ल्याईएको र यसले नागरिकलाई केही मात्रामा भएपनि राहत हुने थाहा नगरपालिकाका मेयर लबशेर विष्टले जानकारी दिएका छन् । मेयर विष्टका अनुसार स्वास्थ्य सुरक्षाका लागि सबै अटो रिक्सा चालकलाई पिपिइ र अन्य स्वास्थ्य सामग्री समेत दिईएको बताएका छन् ।

निर्णय र अटोको विवरणः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*