मकवानपुरमा थप १ सय ११ जनामा कोरोना

हेटौडा न्युज
२७ बैशाख २०७८, सोमबार १३:२६
;

मकवानपुर । हेटौंडा अस्पताल तथा बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा हिजो र आज विहान गरी थप १ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार संक्रमित हुनेहरुमा ५४ जना महिला र ५६ जना पुरुष रहेका छन् ।

हिजो बैशाख २६ र आज २७ गते विहान गरिएको १ सय ८६ जनाको परीक्षणमा १ सय ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएका मध्ये १ बर्षीय बालक समेत रहेका छन् । आजको परीक्षण रिपोर्ट अनुसार परीक्षण गराएकाको आधारमा संक्रमण दर ६० प्रतिशत रहेको जनाईएको छ ।

आजको परीक्षण रिपोर्ट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*