मकवानपुरमा आज एकैदिन थप १ सय ८२ जनामा कोरोना, संक्रमण दर ६५ प्रतिशत

हेटौडा न्युज
२९ बैशाख २०७८, बुधबार १५:२३
;

मकवानपुर । हेटौंडा अस्पताल तथा बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा हिजो र आज विहान गरी थप १ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार संक्रमित हुनेहरुमा ८३ जना महिला र ९९ जना पुरुष रहेका छन् । २ सय ७० जनाको परीक्षणमा १ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका मध्ये ८ बालबालिका समेत रहेका छन् । आजको परीक्षण रिपोर्ट अनुसार परीक्षण गराएकाको आधारमा संक्रमण दर ६५ प्रतिशत रहेको जनाईएको छ ।

परीक्षण रिपोर्टः

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*