अमेरिकाको भ्रमण गर्न नहुने सूचीमा नेपाल, आफ्ना सबै नागरिक लैजाने

हेटौडा न्युज
२९ बैशाख २०७८, बुधबार १५:४८
;

मकवानपुर । नेपालमा कोरोना संक्रमणको दर उच्च भएपछि अमेरिकाले नेपाललाई भ्रमण गर्न नहुने मुलुकको सूचीमा राखेको छ । अमेरिककी विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल भ्रमण गर्न नहुने मुलुकमा राखेको हो ।

भ्रमण गर्न नहुने मुलुकको सूचीमा राखेसँगै नेपालमा भएका सबै अमेरिकी नागरिकहरुलाई विमान चार्टर्ड गरेर लैजाने तयारी पनि गरेको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले स्वदेश फर्कन चाहने अमेरिकी नागरिकहरुको नामावली दर्ता गराउने तयारी पनि शुरु गरि सकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*