हेटौंडा अस्पताल उपचार गराउन आउँदा बन्दुक पड्केको पत्ता लाग्यो
मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर–७ कोगटेमा भरुवा बन्दुक पड्किदा १ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सो स्थानको भालेडाँडा सामुदायिक जंगलमा बाख्रा चराउन गएका गगनबहादुर सिंजाली घाईते भएका हुन् ।
घाईतेलाई आफन्तले हेटौडा अस्पतालमा उपचार गराउन ल्याएपछि भरुवा बन्दुक पड्केर घाईते भएको कुरा बाहिर आएको थियो । दाहिने साईडमा कम्मरको भागमा गोलीले लागेको जस्तो चोट रहेको खुलेपछि घटना स्थलमा प्रहरी टोलीले अनुसन्धान गर्दा घटना स्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।
घटनाको प्रकृति अनुसार सिंजाली आफैले बोकेको अबैध भरुवा बन्दुक पड्कन गई घाईते भएको प्रहरीले पत्ता लगाएको थियो । घाईते सिंजालीको प्रहरी निगरानीमा उपचार भईरहेको जनाईएको छ ।