मकवानपुरमा निषेधाज्ञा जेठ १३ सम्म लम्बियो, बैंक र खाद्यान्न पसल २ दिन मात्र खुल्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आउँदो जेठ १३ गते सम्म निषेधाज्ञा जारी गरेको छ । यस अघि गरेको निषेधाज्ञा बैशाख ३१ मा समाप्त हुदै थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा को समय सीमा बढाउँदै बैशाख ३१ गते राति १२ बजेबाट जेठ १३ गते बिहीबार राति १२ बजेसम्म निषेधाज्ञा कायम गरेको छ ।
जारी निषेधाज्ञा अनुसार हेटौंडा बजारका सबै खाद्यधान्न, फलफूल पसल बिहान ५ देखी ८ बजेसम्म र हेटौंडा बजारका बैंक दिउँसो १ बजेसम्म साताको दुई दिन मङ्लबार र शुक्रबार मात्रै खोल्न पाईने भएको छ ।
निर्णयः










