मकवानपुरमा १ सय ५९ जनामा कोरोना देखियो, संक्रमण दर ५६ प्रतिशत

हेटौडा न्युज
३० बैशाख २०७८, बिहीबार १९:००
;

मकवानपुर । हेटौंडा अस्पताल तथा बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रमा हिजो र आज विहान गरी थप १ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार संक्रमित हुनेहरुमा ७२ जना महिला र ८७ जना पुरुष रहेका छन् । २ सय ८३ जनाको परीक्षणमा १ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ देखिएका मध्ये १४ बालबालिका समेत रहेका छन् । आजको परीक्षण रिपोर्ट अनुसार परीक्षण गराएकाको आधारमा संक्रमण दर ५६ प्रतिशत रहेको जनाईएको छ ।

परीक्षण रिपोर्टः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*