जन्मदिनमा अस्पताललाई अक्सिजन सिलिण्डर

हेटौडा न्युज
४ जेष्ठ २०७८, मंगलवार १३:११
;

मकवानपुर । आफ्नो जन्मदिनको अवसरमा हेटौंडाका व्यवसायी महेन्द्र राउतले कोरोना बिरामीका लागि अक्सिजन सहयोग गरेका छन् ।

लायन्स क्लबले हेटौंडा बाहिरबाट ल्याएको ४० वटा सिलिण्डरमा लाग्ने अक्सिजन लगायत अन्य खर्चबापत करीब ५० हजार रुपैया आफूले बेहोरेको व्यवसायी राउतको भनाई रहेको छ । जन्मदिनमा साथीभाईसँग गरिने रमाईलोको खर्च कटाएर कोरोना संक्रमित विरामीहरुलाई सहयोग गरिएको उनको भनाई रहेको छ ।

अक्सिजन रिफिल गरिएको सिलिण्डर मकवानपुर प्रहरीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका रवीन्द्र घिमिरे, अनिल अग्रवाल, कृ्ष्णराम न्यौपाने, युवाकर मैनाली लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*